Logo

राष्ट्र बैंकको निर्देशन-क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी हो, प्रयोग नगर्नु

राष्ट्र बैंकको निर्देशन-क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी हो, प्रयोग नगर्नु



काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय नेपालमा बिटक्वाइनसहितका कैयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको पाइएपछि राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

laxmi

निर्देशनमा राष्ट्र बैंकले भनेको छ-‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो । त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्थाबमोजिम राष्ट्र बैंकले निर्देशन जारी गर्दै भनेको छ-‘हालका दिनमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउनेसमेत पाइएको र त्यस्ता कार्यबाट सर्वसाधारण ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको/गराइएको पाइए कानुनबमोजिम सजाय हुने जानकारी गराइन्छ ।

यस अघि राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL