Logo

मोदी र सरिफले मिलाए हात, काठमाडौं घोषणापत्र जारी

मोदी र सरिफले मिलाए हात, काठमाडौं घोषणापत्र जारी


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानमा प्रधानमन्त्री नवाज सरिफले एकआपसमा हात मिलाएका छन् । उद्घाटन समारोहमा एकआपसमा समेत नबोलेका यी दुई देशका प्रधानमन्त्रीले समापन समारोहमा हाल मिलाएका छन् । साथै केही समय कुराकानी समेत गरेका छन् ।

उद्घाटन समारोहमा यी दुइ प्रधानमन्त्रीले हात नमिलाएको तथा नबोलेकोले निकै चर्चा पाएको थियो । उद्घाटन समारोहमा नबोलेपनि धुलिखेलमा भएको रिट्रिटले उनीहरुलाई नजिक बनाएको थियो ।

Modi-and-sarif

यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क)को १८औं शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी सकिएको छ । शान्ती र सम्बृद्धिको नारालाई साकार पार्न सम्मेलनले मुख्य भुमिका खेलेको बताइएको छ । सार्क सम्मेलनमा मुख्य रुपमा उठेको सडक र रेल्वे सम्झौता भने हुन सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL