Logo

भारतको गुरूग्राममा हुन्डाईको कर्पोरेट हेडक्वार्टर उद्घाटन, २००० करोड लगानीको योजना

भारतको गुरूग्राममा हुन्डाईको कर्पोरेट हेडक्वार्टर उद्घाटन, २००० करोड लगानीको योजना



काठमाडौं । भारतको दोस्रो ठूलो कार निर्माता कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटर इंडिया लिमिटेडले गुरुग्राममा आफ्नो नयाँ कर्पोरेट हेड क्वार्टरको उद्घाटन गरेको छ । कोरियाली राजदूत चांग जा बुक र हरियाणाका मुख्यमंत्री मनोहर लाल खट्टर हुन्डाईको कर्पोरेट कार्यालयको उद्घाटन समारोहमा उपस्थित थिए । साथै मुख्य प्रतिस्पर्धी कम्पनीको रुपमा रहेको मारुतीका एमडी पनि उद्घाटनमा उपस्थित भएका थिए ।

कम्पनीले गुरुग्राममा करिब २००० करोड लगानी गर्ने योजना बनाएको छ । कम्पनी गुरुग्राममा पहिले नै स्थापित मारुती सुजुकीको प्रमुख प्रतिद्वन्द्वी हो । मारुती सुजुकी दशकौंदेखि गुरुग्राममा छ र उसले भारतको कार उद्योगमा क्रान्ति ल्याएकोे छ । हुन्डाईको नयाँ कर्पोरेट अफिसको उद्घाटनमा मारुती एमडी केनिची आयुकावा पनि उपस्थित थिए । कार्यक्रममा उपस्थितहरुले यसलाई आश्चर्यजनक भनेपनि परे, आयुकावाले भने उनी उक्त कार्यक्रममा अटो उद्योग निकाय सियामको अध्यक्ष भएर आएको बताएका थिए ।

भारतमा हुन्डाईको मुख्यालय लगभग २ हजार वर्ग फुटमा निर्मित छ, जुन अरू सबै विदेशी अटो कम्पनीहरूको कार्यालयभन्दा ठूलो छ । यसमा विशेष कुरा ५० किलोवाटको सोलार प्यानल लगाइएको छ । विद्युतीय सवारी चार्जका लागि कार्यालय परिसरमा १४ वटा चार्जिंग स्टेशनहरु पनि स्थापना गरिएको छ । यहाँ ४०० वर्गमिटर हरियो पर्खाल पनि छ, जसमा बोटबिरुवाहरू लगाइएको छ ।

कम्पनीका एमडी र सीईओ एसएस किमले भने– ‘हामी मानिस र वातावरणप्रति पूर्ण प्रतिबद्ध छौं । यस मुख्यालयको मुख्य फोकस नवीनतामा हुनेछ । मुख्यालयले ‘समृद्धि, पृथ्वीको समृद्धि’ को हुन्डाई भारतको दृष्टिकोणमा केन्द्रित गर्नेछ । गुरुग्राममा हुन्डाईको प्रवेश त्यस्तो समयमा भएको छ जब मारुती सुजुकी १० लाख क्षमताको कारखानामा १८ हजार करोड रूपैयाँ लगानी गर्ने योजनामा छ । मारुती आफ्नो गुरुग्र्राम प्लान्ट छिट्टै अर्को ठाउँमा सार्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL