Logo

२० बर्षपछि ६६० जना भन्सार एजेन्टका लागि खुल्यो आवेदन, यस्तो छ न्यूनतम योग्यता र आवेदन दिने तरिका

२० बर्षपछि ६६० जना भन्सार एजेन्टका लागि खुल्यो आवेदन, यस्तो छ न्यूनतम योग्यता र आवेदन दिने तरिका



काठमाडौं । सरकारले दुई दशक (२० बर्ष) पछि भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्ला गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्म दरखास्त दिन सकिने गरी आवेदन खुल्ला गरेको हो ।

laxmi

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछ विभागले जानकारी दिएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै ६ सय ६० जना भन्सार एजेन्टका लागि आवेदन माग गरेको हो ।

सूचनामा भन्सार एजेन्ट बन्नका लागि २१ वर्ष उमेर पुरा गरेको भन्सार नियमावली २०६४ को अनुसूची ५ मा उल्लेख भएबमोजिम दरखास्त दिनुपर्ने बताईएको छ । ३ हजार रुपैयाँ तिरेर आवश्यक कागजात अपलोड गरेर अनलाइनमार्फत दरखास्त दिन विभागले सबै इच्छुक उम्मेदवारलाई आव्हान गरेको छ ।

विभागले लिखत र अन्तवार्ताअनुसार उम्मेदवार छनोट गर्ने जानकारी दिएको छ । यसका लागि आवेदन कर्ताले भन्सार विभागको वेबसाईटमार्फत अनलाईन फारम भर्न सक्नेछन् ।

आवेदन भर्न यहाँ क्लिक गर्नुहोस ।

60615a62e8173.JPG
60615a6a53d1b.JPG

प्रतिक्रिया दिनुहोस्
MBL