Logo

बैदेशिक रोजगारीमा जानेलाई निशुल्क सिमकार्ड

बैदेशिक रोजगारीमा जानेलाई निशुल्क सिमकार्ड


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१० असोज,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)ले बैदेशिक रोजगारीमा जाने कामदारका लागि निःशुल्क सिमकार्ड दिने भएको छ । रोजगारीमा जाने कामदारलाई सोही सम्बन्धित देशको सिमकार्ड वितरण गर्न लागिएको टिआइएका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले बताए । ‘हामीले विशेषगरी खाडी मुलुकमा जान लागेका कामदारका लागि सिमकार्ड दिन लागेका हौं,’ उनले भने ‘सकभर दशैअघि नै कार्यान्वयनमा ल्याउने योजना छ ।’

सिमकार्ड वितरणका लागि टीआईएले सम्बन्धित देशका टेलिकम्युनिकेशन कम्पनीसँग सहकार्य गरेको श्रेष्ठले जानकारी दिए । त्यसका लागि टीआइएले सहजीकरणको काम गर्ने छ । नेपालबाटै सीमकार्ड लिएर गएपछि कामदारलाई विदेशमा पुगेपछि पनि तुरुन्तै संचारको पहुँचमा हुनेछन् । श्रेष्ठका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारका लागि छुट्टै खालका सिमकार्ड दिनइने छ ।

त्यस्ता सिमकार्डहरु सम्बन्धित देशमा पुगेपछि मात्र एक्टिभ हुनेछन् । ‘खाडी मुलुकका रोजगारीमा जाने कामदारलाई विदेशमा पुगेपछि फोन गर्न तथा सिमकार्ड लिन समस्या हुनेहुँदा यहीबाट दिएका पठाउँन लागेका हौं,’ उनले भने, ‘यहिबाट सिमकार्ड लिएर गएमा आफन्तहरुसँग पुग्ने वित्तिकै कुरा गर्न सकिने छ ।’ कामदारलाई बोर्डिङ पाससँगै सिम दिइने समते श्रेष्ठले जानकारी दिए ।

नेपालबाट वार्षिक भण्डै ५ लाख कामदार वैदेशिक रोजगारीमा जाजने गरेका छन् । त्यसमध्ये ३ लाखभन्दा बढी कामदार खाडी मुलुकमा मात्र पुग्ने गरेका छन् ।

त्यस्तै, नेपाल भित्रने विदेशीहरुका लागि पनि चाँडैनै यस्तो सिम प्रदान गरिने योजना रहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनीहरुलाई इमाइग्रेसनसँगै सो सिमकार्ड प्रदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL