Logo

असोज १ देखि खाडी मुलुकमा महिला कामदार जान प्रतिबन्ध

असोज १ देखि खाडी मुलुकमा महिला कामदार जान प्रतिबन्ध



काठमाडौं, १७ भदौ । आगामी असोज १ गतेदेखि श्रम मन्त्रालयले सबै उमेरका महिलालाई रोजगारीका लागि खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएको छ ।
श्रम मन्त्रालयले साउदी अरब, कुवेत, कतार र दुवईलाई नयाँ नीति नबनेसम्म महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार पनि गरेको छ । श्रमले गत बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाई विदेशस्थित आफ्ना नियोगमार्फत मुलुकलाई भिसा जारी नगर्न आग्रह गरेको हो ।

खाडी मुलुकमा महिला घरेलु कामदारको ठूलो माग छ । त्यहाँका म्यानपावर ब्यवसायीले नेपालका म्यानपावर ब्यवसायीलाई घरेलु कामदार पठाए आर्थिक सहयोग गर्नेसम्मको प्रस्ताव गरेको सूचना पाएपछि श्रम मन्त्रालयले यस्तो प्रतिबन्ध लगाएको हो । तर यो प्रतिबन्ध अस्थायी प्रकृतिको हुने मन्त्रालयले प्रस्ट पारेको छ । कुवेतस्थित नेपाली दूतावासमा घरेलु महिला कामदार खोल्न ब्यबसायीबाट जबर्जस्ती २ लाख रुपैयाँसम्म उठाएको उजुरी परेको छ ।

ठूलो संख्यामा महिला कामदारको शारीरिक, मानसिक र आर्थिक शोषण भएपछि सरकारले २०६९ साउन २४ मा ३० वर्षमुनिका महिला खाडी मुलुक नपठाउने निर्णय गरेको थियो । त्यसपछि पनि मानव तस्करले भारतको बाटो हुँदै ३० वर्षमुनिका महिला कामदार अवैध रुपमा खाडी मुलुक पु¥याइरहेका छन् । कामका लागि विदेशिने महिलाको मुलुकको अर्थतन्त्रमा ठूलो योगदान रहँदै आएको छ । केही समयअघि यूएन वुमनले गरेको अध्ययनअनुसार रेमिट्यान्समा महिलाको योगदान ११ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL