Logo

उच्च शिक्षा अध्ययन र वैदेशिक रोजगारी जान खुला गर्ने सरकारको निर्णय, यस्तो छ प्रक्रिया !

उच्च शिक्षा अध्ययन र वैदेशिक रोजगारी जान खुला गर्ने सरकारको निर्णय, यस्तो छ प्रक्रिया !



काठमाडौं । सरकारले सरकारले वैदेशिक रोजगारी खुला गर्ने भएको छ । कोरोना पछिको लकडाउनका कारण लामो समयदेखि रोकिएको वैदेशिक रोजगारी खुला गर्ने भएको हो ।

सिंहदरबारमा शुक्रबार बसेको सीसीएमसीको बैंठकले वैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि जान चाहने कामदारलाई वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गरेको होे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसैगरी सरकारले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन समेत खुला गर्ने भएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने निर्णय गरेको हो ।

त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्कन सम्बन्धित देश र सम्बन्धित कम्पनीले खर्च नव्यहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई उद्धार गर्ने जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । त्यस्तै विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रम मन्त्रालयलाई दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL