Logo

सञ्चय कोषमा ५५ जनालाई जागिर खुल्यो, कम्प्यूटर सहायकदेखि सीएसम्म माग

सञ्चय कोषमा ५५ जनालाई जागिर खुल्यो, कम्प्यूटर सहायकदेखि सीएसम्म माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१४ असार, काठमाडौं । सर्वाधिक आकर्षकमध्येको एक कर्मचारी सञ्चय कोषमा ५५ जनाको लागि जागिर खुलेको छ । सञ्चयकर्ताबाट ठूलो रकम जम्मा पारेको कोषले आफ्ना लगानीका सबै परियोजनाबाट कर्मचारीलाई ठूलो आकारमा सेयर हिस्सा छुट्टाउन थालेपछि पछिल्ला दिनमा कर्मचारी सञ्चयकोष रोजगारीका लागि ज्यादै आकर्षक देखिएको छ ।

वित्तीय क्षेत्रका विज्ञहरु नेपाल राष्ट्र बैङ्कजस्तै सञ्चय कोषको जागिप्रति आकर्षण चुलिएको बताउँछन् । त्यही कोषले प्रशासन समूहमा ५२ जना र प्राविधिकमा ३ जना स्थायी कर्मचारीको लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ ।

कोषले बरिष्ठ प्रबन्धक (चार्टर्ड एकाउण्टेण्ट), शाखा अधिकृत, प्रमुख सहायक र कम्प्यूटर अधिकृत पदका लागि विज्ञापन गरेको छ । योग्य उमेदवारले अबको एक महिनाभित्र कोषको पुल्चोक स्थित कार्यालयमा आवेदन बुझाउन पाउने छन् । त्यसपछिको एक सातासम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन बुझाउन सकिने छ ।

karmachari sanchaya kosh

प्रतिक्रिया दिनुहोस्
MBL