Logo

नेपालमा ९ लाख श्रमशक्ति बेरोजगार, सबैभन्दा बढी प्रदेश २ मा

नेपालमा ९ लाख श्रमशक्ति बेरोजगार, सबैभन्दा बढी प्रदेश २ मा



काठमाडौं । नेपालको कुल श्रमशक्तीमध्ये ९ लाख श्रमशक्ती बेरोजगार बसेको तथ्याँकले देखाएको छ । शुक्रबार केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनमा कुल श्रमिकमध्ये ७१ लाख श्रमशक्ती रोजगार र ९ लाख श्रमशक्ती बेरोजगार बसिरहेको पाईएको हो ।

तथ्याङ्क अनुसार नेपालमा १५ बर्ष वा सो भन्दा बढी अर्थात श्रमिक शक्ती २ करोड ७ लाख रहेकोमा ७० लाख ८६ हजार जना रोजगारीमा आवद्ध छन । यस्तै ९ लाख ८ हजार जना बेरोजगार बसिरहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार वेरोजगार बस्नेहरुमध्ये ५ लाख ११ हजार जना पुरुष छन भने ३ लाख ९७ हजार जना महिला रहेका छन ।

विभागले सबैभन्दा बढी बेरोजगार प्रदेश ३ मा रहेको आँकलन गरेको छ । विभागका अनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी बेरोजगार रहेका छन । यो प्रदेशको कुल जनसंख्याको ४३ दशमलव ८ प्रतिशत जनता बेरोजगार बसेका छन । यस्तै सुदुरपश्चिम प्रदेशमा भने बेरोजगारीको संख्या कम छ । उक्त प्रदेशमा जम्मा २४ दशमलव १ प्रतिशत जनता बेरोजगार रहेको तथ्याङकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL