Logo

हवाई यात्रु यातायात सेवा कम्पनीको तेस्रो साधारण सभा सम्पन्न, नमुना यातायात कम्पनी बन्ने लक्ष्य

हवाई यात्रु यातायात सेवा कम्पनीको तेस्रो साधारण सभा सम्पन्न, नमुना यातायात कम्पनी बन्ने लक्ष्य


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ चैत,काठमाडौं । विमानस्थल हवाई यात्रु  यातायात सेवा व्यवस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमविच भौतिक तथा यातायात मन्त्रालयका सचिवले सो सभाको उद्दघाटन गरे ।

कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम सिंखडाले कम्पनीको स्थापना पश्चात हवाई यात्रुहरुलाई सहज भएको बताए । ‘विगतमा हवाई यात्रुहरुको लागि सत्कार गर्ने कम्पनीको अभाव रहेको थियो’ उनले भने अहिले यातायात सेवामा यस्तो समस्या भोग्नुपरेको छैन । ’ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरुले भोगेका यातायात समस्यालाई मध्यनजर गर्दै कम्पनीको स्थापना गरेको उनले जानकारी दिए ।

ती यात्रुहरुलाई व्यवस्थित तथा गुणस्तरिय यातायात सेवा पुरयाउने उद्देश्यका साथ कम्पनी स्थापना भएको सिंखडाले जानकारी दिए ।

२०६६ सालमा पुराना गाडी हटाएर नयाँ ल्याउने क्रममा कम्पनिको स्थापना भएको थियो । स्थापना पछि विमानस्थलको अव्यवस्थित यातायात सेवा व्यवस्थित बनाएको सेवाग्राहीहरुले समेत प्रतिक्रया दिएका छन् ।

आगामी दिनमा नमुना यातायात सेवा प्रदान गर्ने कम्पनीको रुपमा विकास गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL