Logo

सात महिनामा सवाँ ३ लाख विदेशिए, मलेशियामा मात्र १ लाख ३७ हजार पुगे

सात महिनामा सवाँ ३ लाख विदेशिए, मलेशियामा मात्र १ लाख ३७ हजार पुगे


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१० फागुन, काठमाडौं । चालू आर्थिक वर्ष ७ महिनामा नेपालबाट ३ लाख २० हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६२ हजारले बढी हो । गत आवको पहिलो ७ महिनामा कुल २ लाख ५८ हजार कामदार वैदेशिक रोजगारीमा गएको वेदशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा कुल २ लाख ८९ हजार २ सय कामदार संस्थागत रुपमा म्यापावर कम्पनी मार्फत रोजगारीमा गएका छन् । यसैगरी पुनः श्रम स्वीकृति गराइ बैधानिकिकरण पद्दतिबाट २५ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् भने व्यक्तिगत श्रम स्वीकृतिमा २२ हजार ६ सय कामदार मात्र रोजगारीमा गएका छन् । विभागले व्यक्तिगत रुपमा रोजगारीमा जान निरुत्साहित गरेपनि सो क्रम घटेको हो । ‘केही समय पहिला संस्थागतभन्दा पनि व्यक्तिगत रुपमा रोजगारीमा जाने कामदारको संख्या बढी थियो,’ उनले भने, ‘विभागले त्यसरी रोजगारीमा जान रोक लगाएपनि संस्थागत रुपमा जाने क्रम बढेको हो ।’

fe-7-month-data

चालू आवको ७ महिनामा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । सो अवधिमा मेलेशियाको रोजगारीमा १ लाख ३७ हजार ९ सय कामदार पुगेका छन् । नेपाल सुहाउँदो हावापानी र कामदार मागपत्र ल्याउन पनि सजिलो हुने भएकाले मेलेशिया जाने कामदारको संख्या बढेको व्यवसायीहरु बताउँछन् ।

यसैगरी, दोस्रो बढी कामदार कतारको रोजगारीमा पुगेका छन् । ७ महिनामा ७४ हजार जना नेपाली कामदार कतारको रोजगारीमा पुगेका छन् भने साउदी अरवको रोजगारीमा ५५ हजार ६ सय कामदार पुगेका छन् । यस्तै चौथो बढी कामदार संयुक्त अरव इमिरेट्स(युएई)मा पुगेका छन् । चालू आवको ७ महिनामा युएईमा ३२ हजार ८ सय कामदार पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले संस्थागत रुपमा १ सय ९ र व्यक्तिगत रुपमा १ सय ६२ वटा देशमा जानका लागि नेपाली कामदारलाई खुला गरेपनि नेपालको वैदेशिक रोजगारीमा भने मलेशिया र खाडी मुलुकमा मात्र सिमित हुन पुगेको छ । यस्तै, नेपाली कामदारको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा २ हजार ६ सय कामदार पुगेका छन् भने जापानमा पनि १ हजार २ सय ५० जना पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा १३ हजार ८ सय महिला कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL