Logo

मलेशियाका भएको प्राकृतिक विपत्तिका लागि आईएमईको सहयोग, एक कार्यक्रमबीच ३० लाख प्रदान

मलेशियाका भएको प्राकृतिक विपत्तिका लागि आईएमईको सहयोग, एक कार्यक्रमबीच ३० लाख प्रदान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ पुस, काठमाडौं । आईएमई (एम) एसडिएन बिएचडीले मलेशियाका विभिन्न ठाउँमा हालै आएको बाढीबाट पिडितहरुका लागि आर्थिक सहयोग गरेको छ ।  विदेश कामदारको रेमिटेन्स सेवाको लागि मलेशिया सरकाबाट पहिलो पटक ईजाजत पाएको उक्त कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कम्पनीले १ लाख मलेशियन रिङ्गीट (ने.रु. झण्डै ३० लाख) को चेक उद्घारको लागि खटिएको मलेशिया रेडक्रेसेन्ट सोसाईटीलाई एक समारोहकाबीच कम्पनीका कार्यकारी निर्देशक हेमराज ढकालले प्रदान गरेका थिए । ‘हामी प्राकृतिक विपत्ति प्रति दुःखी छौं,’ उनले भने, ‘यस्ता विपतमा परेकाहरुलाई सधै सहयोग गर्न चाहान्छौं ।’

आईएमईको सामाजिक सेवा देखेर प्रभावित भएको रेडक्रेसेन्ट सोसाईटीका अधिकारीहरुले बताए । ‘आईएमईले बिनाकुनै स्वार्थ दुःखमा परेकालाई सहयोगको लागि तत्परता देखाउनु एकदमै उदाहरणिय कार्य हो,’ उनीहरुले भने ।

मलेशियामा हालैका दिनहरुमा आएको प्राकृतिक विपत्तिमा झण्डै ३ लाख मानिस विस्थापित हुनुका साथै करोडांैको क्षति भएको बुझिएको छ । उक्त विपत्तिमा नेपाल, बंगलादेश, ईन्डोनेशिया, म्यानमार लगायतका देशबाट बैदेशिक रोजगारीका लागि मलेशियामा रहेका कामदारहरु समेत ठुलो मात्रामा विस्थापित भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL