Logo

बेरोजगार युवाहरुका लागि सरकारको नयाँ योजना, ६ महिनाभित्र ११ हजारलाई रोजगारी, सस्तो ब्याजमा ऋण

बेरोजगार युवाहरुका लागि सरकारको नयाँ योजना, ६ महिनाभित्र ११ हजारलाई रोजगारी, सस्तो ब्याजमा ऋण


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सरकारले ५० हजार युवालाई रोजगारी दिने गरी नयाँ कार्यक्रम अघि सारेको छ । विशेषगरी युवा तथा महिलालाई रोजगारी दिई विदेश जानुपर्ने बाध्यतालाई घटाउँदै लैजान उद्देश्य अनुरुप नयाँ कार्यक्रम अघि ल्याइएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।

सोही अनुसार शुरुमा ११ हजार ४ सय ५० युवालाई रोजगारी दिने गरी कार्यक्रम तयार गरिएको उनले बताए । ‘६ महिनाको अवधिमा ११ हजार युवालाई रोजगारी दिने योजना छ,’ उनले भने, ‘यसका लागि ४५ दिनको समय दिई इच्छुकहरुका लागि तत्काल आवेदन खुल्ला गर्ने छौं ।’

जसअनुसार शुरुमा युवाहरुलाई उद्यमशिलता सम्वन्धी तालीम दिइने छ । घरेलु तथा साना उद्योगमा रोजगारीको प्रशस्त सम्भावना भएकोले यस्तो कार्यक्रम ल्याइएको मन्त्री जोशीले बताए ।

उनका अनुसार युवाहरुलाई जुस, फर्निचर, हातेकागज, बेमौसमी तरकारी उत्पादनजस्ता तालीम दिइने छ । युवाहरुलाई तालीम दिई अन्यलाई समेत रोजगारी दिनसक्ने बनाउने लक्ष्य रहेको जोशीले जानकारी दिए । तर, काम सिकेका युवाहरु पुनः वैदेशिक रोजगारीमा जानसक्ने भन्दै यसमा ठूलो रिक्स लिनुपर्ने उनको भनाइ थियो ।

विशेषरी ामिण क्षेत्रकालाई उद्यमशील बनाउने लष्यका साथ नयाँ योजना ल्याइएको उद्योग सचिव शंकरप्रसाद कोइरालाले बताए । त्यस्तै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्नेे उद्देश्यका साथ सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन लागेको बताए । ‘त्यसका लागि राष्ट्र बैंकसँग छलफल भइरहेको छ,’ उनले भने, ‘साना तथा घरेलु उद्योग सञ्चालनका लागि ऋण लिन कतिपय किसानले धरौटी समेत राख्न नसक्ने अवस्था भएकोले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन गृहकार्य गरिएको उनले बताए ।

रोजगार पसल

मन्त्रालयले उद्यम गर्न चाहने युवाहरुका लागि उद्यमसम्वन्धी जानकारी दिन रोजगरा पसल सञ्चालन गर्ने भएको छ । जसबाट कस्तो उद्योग सञ्चालन गर्ने, कति पैसा लगानी गर्ने तथा कसरी गर्नेलगायतबारे परामर्श दिइन्छ ।

त्यसैगरी मन्त्रालयले फागुन १९ र २० गते अन्तरराष्ट्रिय लगानीकर्ता सम्मेलन गर्न लागेको छ । सम्मेलनमा पहिला र अहिलेको वातावरणबारे जानकारी दिने तथा विदेशीलाई प्रोत्साहन गर्ने बताइएको छ । साथै मन्त्रालयले इटहरी, जनकपुर, नारायणगढ, धनगढी तथा भैरहवामा सौगात गृह स्थापना गर्न लागेको उद्योग मन्त्री जोशीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL