Logo

इजरायल नजान श्रम मन्त्रालयको आग्रह, २४ जनाले लिएका थिए बुधबारको टिकट

इजरायल नजान श्रम मन्त्रालयको आग्रह, २४ जनाले लिएका थिए बुधबारको टिकट



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान लागेका कामदारलाई नजान आग्रह गरेको छ ।

laxmi

मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायल नजान आग्रह गरेको हो । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)का लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न भनेको हो ।

भिसा समेत प्राप्त गरिसकेका उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो । इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणका कारण १० जना नेपाली विद्यार्थीहरूको ज्यानसमेत गएको छ । यसैगरी, उक्त घटनामा केहि नेपाली घाइते पनि भएका छन ।

इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि वैदेशिक रोजगारीसम्बन्धी थप प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL