Logo

स्किल वीक २०२३ समापन, ४ जनालाई स्किल हिरो अवार्ड

स्किल वीक २०२३ समापन, ४ जनालाई स्किल हिरो अवार्ड



काठमाडौं । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोहमा ४ जनालाई स्किल हिरो अवार्डबाट सम्मान गरी आइतवार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र इच्छुक उत्साहीहरुको उपस्थितिमा समापन भएको छ ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

स्किल वीक एक हप्ताको कार्यक्रम रहेको थियो । विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गरेको थियो ।

स्किल वीकमा कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिएर स्किल वीक कार्यक्रम १३ मार्च देखि १९ मार्चसम्म सन्चालन भएको थियो ।
यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन, विज्ञान तथा प्रविधीमा रहेका थिए ।

साथै, चार विधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मानित भएका छन् ।

त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सुश्री सीमा गोल्छा लाई सम्मान गरिएको थियो । उनले युवा पुस्ताका लागि  Ventrlioquism को कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेको छिन् । उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो ।

विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट सुश्री प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान पाएको हुन् ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा व्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “Sustainable Business for Green Ecosnomy” एवम दोस्रो प्यानलमा छलफल“Transformational Leadership” शीर्षकमा आयोजना गरिएको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संस्थाको साझेदारिमा भएको थियो । रणनीतिक साझेदारका रूपमा भारतीय राजदूतावास, अन्तर्राष्ट्रिय श्रम संगठन, युएनएचसिआर, र अनुरोद नेपालस ज्ञान साझेदारको रूपमा Ace Institute of Management; इकोसिस्टम साझेदारको रूपमा Worldlink; इन्टरनेट साझेदारको रूपमा Neosphere; साझेदारका रूपमा होन्डा, काठमाडौं वल्र्ड स्कूल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राकुटेन भाइबरस एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स स आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; अन्य सहयोगीहरू डिश होम इसेवा,Jobs Dynamics, Sakchha, EventsMo,Cozy Home B&B रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL