Logo

हाउसमेडलाई अधिकार सहितको करारपत्र दिने जीसीसीको निर्णय, कामदारलाई उपदानको समेत व्यवस्था

हाउसमेडलाई अधिकार सहितको करारपत्र दिने जीसीसीको निर्णय, कामदारलाई उपदानको समेत व्यवस्था


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ मंसिर, काठमाडौं । खाडी मुलुकले आफ्ना देशमा घरेलु कामदारलाई आकषिर्त गर्न अधिकार सहितको करारपत्रको व्यवस्था गर्ने भएको छ । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत लगायत खाडीका ६ खाडी मुलुकले थप सुविधासहितको नयाँ व्यवस्था लागू गर्ने बताएको छ ।

ती देशका साझा संगठन गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को उपसचिवस्तरीय बैठकले साझा मापदण्डमा सहमति जनाएको समाचार स्रोतले बताएको छ । उनीहरु आगामी दिनमा खाडी मुलुकमा हाउसमेडलाई काम गर्ने अवधिसहितको सेवासुविधा प्रत्याभूत गर्न सहमत भएका हुन् ।

जसअनुसार दिनमा ८ घन्टाभन्दा बढी काम लगाउन नपाइने, साप्ताहिक र वार्षिक बिदा दिइनुपर्ने, उपदान दिनुपर्नेे, चाहेको बेला स्वदेश फर्कन दिनुपर्ने, हवाई टिकटको व्यवस्था गर्नुपर्ने लगायतका नयाँ प्रवाधान राखिएको छ । यसैगरी ८ घन्टाभन्दा बढी दिनमा बढीमा दुई घन्टा मात्रै काम लगाउन पाइने छ भने उक्त अतिरक्त काम गरेको समयको पनि छुट्टै तलव दिइने छ ।

हाल नेपालबाट खाडी मुलुकमा गएका हाउसमेड कामदारलाई तोकिएको पारिश्रमिक नदिने, तोकिएको समयभन्दा बढी काम लगाउने, अनावश्यकत तनाव दिनेजस्ता काम भइरहेको छ । कामदारले बढी समस्या भोग्नु परेकै कारण नेपालले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएको थियो । यदि जीसीसीले गरेको नयाँ व्यवस्था लागु भएमा खाडी मुलुकमा घरेलु काममा जाने कामदारलाई आगामी दिनमा राम्रो हुने वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL