Logo

वैदेशिक रोजगारीमा जानेलाई कोरोना खोप लगाएको प्रमाण पत्र निशुल्क दिन निर्देशन, मन्त्रालयले काट्यो पत्र

वैदेशिक रोजगारीमा जानेलाई कोरोना खोप लगाएको प्रमाण पत्र निशुल्क दिन निर्देशन, मन्त्रालयले काट्यो पत्र



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई कोरोना खोप लगाएको प्रमाणपत्र निशुल्क दिन दिर्नेशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारलाई निशुल्क दिन निर्देशन दिएको हो ।

laxmi

यस अघि अस्पतालहरुले कोरोना खोप लगाएको प्रमाणपत्र दिँदा सम्बन्धित अस्पतालहरुले शुल्क लिएको गुनासो आएको थियो । सोही अनुरुप मन्त्रालयले एक विज्ञप्तीनै जारी गरेर विदेश जानेका लागि कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा कुनै शुल्क नलिन निर्देशन दिएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका ४ अस्पताललाई पत्र लेखी यस्तो निर्देशन दिएको हो । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम प्रसाद सापकोटाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई उक्त पत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL