Logo

उद्यमी भेटघाट कार्यक्रम गरिने

उद्यमी भेटघाट कार्यक्रम गरिने



काठमाडौं । किङ्स कलेजले विरुवा भेन्चर नामक संस्थासँग मिलेर साउन ४ गते बुधबार ‘उद्यमी भेटघाट इनर्जी’ कार्यक्रम आयोजना गर्ने भएको छ । उद्यमीबीच व्यवसायीक नेटवर्क विस्तार गर्न, नलेज सेयर गर्न र साझेदारी बढाउने उदेश्यले उद्यमी भेटघाट कार्यक्रम गर्न लागिएको किङ्स कलेजका प्रिन्सिपल अर्यालले जानकारी दिए । यस्तो कार्यक्रमले व्यवसाय विस्तार गर्न तथा स्र्रोत परिचालन गर्न पनि सहयोग पुग्ने आयोजकले जनाएका छन् ।

यस अघि पनि विरुवा भेन्चर एक्लैले यस्तो कार्यक्रम गर्दै आएको थियो । किङ्स कलेज र विरुवा भेन्चरले मासिक रुपमा यस्तो कार्यक्रम गर्ने जनाएका छन् । उदयमान उद्यमीहरुलाई अगाडि बढ्न यस्तो कार्यक्रमले बढी सहयोग पुग्ने आयोजकले बताएका छन् ।

हरेक महिनामा आयोजना हुने यस्तो कार्यक्रममा फरक फरक सन्दर्भमा देश विकासका विषयमा छलफल गरिने छ । त्यसवाहेक उद्यमीहरुबीच आफसी एकता, अनुभव आदानप्रदान र साझेदारीका विषयमा कुराकानी हुनेछ ।

छलफलका लागि नीति निर्माता, लगानीकर्ता, क्षेत्रगत रुपमा सफल व्यवसायी तथा विज्ञलाई बोलाईने छ । ‘कार्यक्रममा सहभागि हुनको लागि पैसा तिर्नुपर्ने छ र हरेक छलफललाई उपयोगि बनाईने छ’ अर्यालले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL