Logo

के विश्वबाट नगद हराउँदैछ ?

के विश्वबाट नगद हराउँदैछ ?


बिजखबर संवाददाता
0
Shares

विश्वमा केहि यस्ता देशहरु छन्, जहाँ विद्युतीय कारोबार नगदको तुलनामा खासै फस्टाउन सकेका छैनन् । कन्सल्टिङ संस्था क्यापजेमिनीको अनुमान अनुसार सन् २०१५ देखि २०२०को बीचमा इलेक्ट्रोनिक पेमेण्ट १०.९ प्रतिशतले बढ्नेछ ।

तर नगदको प्रयोग  विश्वका विभिन्न ठाउँमा फरक फरक तरिकाले फेरिदैंछ ।

स्कान्डेनाभियन देशहरु नगदविहिन समाजतर्फ अघि बढिसकेका छन् । स्विडेनका कतिपय बैङ्कमा नगद नै हुँदैन तर ग्राहकहरु सिधै आफ्नो बैङ्क खातामा नगद पठाउन सक्छन् ।

केन्याको स्थानीय मोबाइल फोन कम्पनी सफारीकम, बैङ्क अथवा सरकार कसैले पनि खामलाई प्रोत्साहन गर्दैनन् । सफारीकमले सुरु गरेको एम पेसा सिष्टमले ग्राहकहरुलाई मोबाइलबाट सिधै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

नगद र इलेक्ट्रोनिक भुक्तानी बीचको युद्धको बारेमा चीनमा सबैभन्दा बढी बहस हुने गर्छ । अलिबाबा र टेन्सेन्ट जस्ता अनलाइन सपिङ कम्पनीले उपलब्ध गराएको पेपाल एकाउण्टले अनलाइन खरिदलाई निकै सहज बनाइदिएको छ ।

कतिपय अर्थशास्त्रीले नगद कारोबारलाई भन्दा इलेक्ट्रोनिक भुक्तानीलाई प्रोत्साहन गर्दै त्यसको वकालत पनि गर्दै आएका छन् । ‘द कर्स अफ क्यास’का लेखक अर्थशास्त्री केन्नेथ रोगोफले कागजी नगदले अपराध र कर छलीलाई सहयोग पुर्याउने बताउँछन् ।

तर नगदका विषयमा आलोचना गर्ने आलोचक भने इलेक्ट्रोनिक भुक्तानीले गरिबहरु जो बैङ्क तथा इन्टरनेटको पहुचमा पुग्न सक्दैनन् त्यसलाई पनि सरकार तथा व्यावसायिक संस्थाले नियन्त्रण गर्न सक्ने आफ्नै भनाइप्रति आलोचित भएका छन् ।

अन्त्यमा नगदको भविष्य यस्तै किसिमका तर्कले निर्धारण गर्ने देखिन्छ । न कि नगद विनानै खाना तथा विहानी कफिको लागि भुक्तान गर्न सक्ने प्रविधिको सफलताले ।

स्विडेन इलेक्ट्रोनिक भुक्तानीका लागि नेतृत्वदायी र सफल देश पनि हो । विगतका केहि बर्षयता बैङ्क कार्डभन्दा पनि तत्काल कारोबार गर्न सकिने सुविधा सहितको मोबाइल एप्स ‘स्विस’ले त्यहाँ क्रान्ति नै ल्याएकोछ ।

जर्मनी अन्य युरोपियन मुलुकका तुलनामा नगदबाट इलेक्ट्रोनिक भुक्तानीको व्यवस्थामा रुपान्तरण हुन केहि ढिला भएको छ । ऋण प्रतिको त्यहाँको त्यहाँको सांस्कृतिक मान्यताले पनि क्रेडिट कार्डको तुलनामा डेबिट कार्डलाई बढी प्रोत्साहन गरिएको छ ।

संयुक्त राज्य अमेरिकाका बैङकहरु तत्काल कारोबारका लागि केहि ढिला छन् । धेरैले यस्तो कारोबारका लागि एक दिन लगाउँछन् ।  डेबिट र क्रेडिट कार्ड त्यहाँ भुक्तानीका लागि सबैभन्दा प्रचलित तरिका हुन् ।

पेमेण्ट कार्ड जापानमा अहिले निकै लोकप्रिय भए्रको छ । तर नगदलाई तत्काल विस्थापित गर्न अन्य भनी देशका तुलनामा यहाँ ढिलाई भएको छ । जापान सरकारले यस्तो सङ्क्रमण अन्त्यका लागि प्रयास सुरु गरेपनि ग्राहक भने नगद छाड्न मानिरहेका छैनन् ।

भ्रष्टाचारसँग लडिरहेको दक्षिण कोरियाले आफ्नो लेखा प्रणालीलाई नगदबाट विस्तारै विस्थापित गर्ने तयारी गरिरहेको छ  । इलेक्ट्रोनिक भुक्तानी लिन नमान्ने कम्पनीहरु कारबाहीको भागिदार हुनेछन् । त्यहाँको केन्द्रिय बैङ्कले सन् २०२० सम्म नगदविहिन समाजको आह्वान गरेको छ ।

बैङ्क विनानै इलेक्ट्रोनिक भुक्तानी सम्भव छ भन्ने गतिलो उदाहरण बनेको छ केन्या ।  सन् २००७ मा सुरु गरिएको एम पेसाले त्यहाका ग्राहकलाई बैङ्क खाता विनानै इलेक्ट्रोनिक रुपमा भुक्तानी गर्न सक्छन् । केन्याका धेरै जनताले यस्तो सेवा लिइरहेका छन् ।

पछिल्ला केहि बर्षयता नगदविहिन भविष्यको नेतृत्वकर्ताको रुपमा चीनको नाम लिने गरिन्छ । अलिपे र टेनपे भुक्तानीका लागि चर्चित माध्यम बनेका छन् ।

भारतपनि विस्तारै नगदबाट इलेक्ट्रोनिक भुक्तानीतर्फ लागिरहेको छ ।  गत बर्षमात्रै यसले भ्रष्टाचार विरोधी अभियान अन्तर्गत बजारबाट ठूलो परिमाणमा नगद खिचेको छ । फेसबुक तथा अलिपेजस्ता कम्पनीले त्यहाँ इलेक्ट्रोनिक भुक्तानीको सुविधा उपलब्ध गराउनेछन् ।

(नथानिएल पोपर, गिलबर्ट गेट्स र सरा अलमुख्तरले संयुक्त रुपमा लेखेको यो लेख न्यूयोर्क टाइम्सबाट साभार गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्
MBL