Logo

नवनियुक्त अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, टुक्रे योजना कार्यान्वयन नगर्ने

नवनियुक्त अर्थमन्त्री खनालले गरे पदभार ग्रहण, टुक्रे योजना कार्यान्वयन नगर्ने



काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि मन्त्रालयका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।

पदभार ग्रहण कार्यक्रममा मन्त्री खनालले आफूलाई ‘माननीय’ नभन्न आग्रह गर्दै सरल व्यवहारको संकेत दिएका छन्। उनले पदभारसँगै पहिलो निर्णयका रूपमा पूर्व तयारीविहीन तथा टुक्रे योजनाहरू कार्यान्वयन नगर्ने घोषणा गरेका छन्।

‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो,’ मन्त्री खनालले भने, ‘त्यसैले खर्च कटौती गर्नुपर्ने भएको छ।’ उनले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । आवधिक योजनाअनुसार आयोजना बजेटमा परे नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्ने समेत उल्लेख गरे ।

‘अब निर्वाचन गर्नुपर्नेछ, युवाका माग पूरा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो’, उनले भने । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्