Logo

उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रकम विनियोजन, नेपालीलाई विदेशमा लगानी गर्ने बाटाे खुला

उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रकम विनियोजन, नेपालीलाई विदेशमा लगानी गर्ने बाटाे खुला



काठमाडौं । आगामी आर्थिक बर्षका लागि सरकारले उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

यसमार्फत सरकारले बजेटमार्फत नेपालीलाई विदेशमा लगानी गर्न दिइने व्यवस्थासमेत गरेको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री पौडेलले बताएका छन् ।

यस्तै बजेटमार्फत विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्