काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्डमार्फत निजी क्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता गर्ने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । उनले ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कामको थालनी यस आवमा गरिसक्ने बताए । यस्तै सरकारले लगानी बोर्डका लागि ७४ करोड बजेट विनियोजन गरेको छ ।