काठमाडों । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमै सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।
यस्ता उद्यमीहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र सो का लागि ७३ करोड बजेट विनियोजन गरेको पौडेलले बताए । उनले जेन्जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरे ।