Logo

साउनमा रेमिट्यान्स आप्रवाह २० प्रतिशतले बढ्यो, विदेशबाट नेपालीले पठाए ९२ अर्ब २१ करोड

साउनमा रेमिट्यान्स आप्रवाह २० प्रतिशतले बढ्यो, विदेशबाट नेपालीले पठाए ९२ अर्ब २१ करोड



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा रेमिटान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षको पहिलो महिनाको तुलनामा यो बर्षको साउनमा रेमिटान्स आप्रवाह बढेको हो ।

laxmi

राष्ट्र बैंकल साउनको तथ्यांक सार्वजनिक गर्दै साउनमा मात्रै ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको जानकारी दिएको हो । यो आप्रवाह गत बर्षको साउनमा १७ प्रतिशतले घटेको थियो । साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक बर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४४ हजार ५ सय ४० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा गत बर्षको तुलनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३ सय ९० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतलेवृद्धि भई रु.१०१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL