Logo

पुँजी बजार र महंगीको बिषय संसदमा, महासंघ अध्यक्षले भने–व्यवसायीको अन्दोलन कसरी रोक्ने ?

पुँजी बजार र महंगीको बिषय संसदमा, महासंघ अध्यक्षले भने–व्यवसायीको अन्दोलन कसरी रोक्ने ?



काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एवं संसद एलपी सावाँ लिम्बुले पछिल्लो समय सेयर बजार धारासयी हुनुका साथै उच्च रुपमा महंगी बढेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । आज संसदको विशेष समयमा बोल्दै अध्यक्ष लिम्बुले पछिल्लो समय उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फसमेत ध्यान दिन आग्रह गरेका छन् ।

‘पुँजी बजारका लगानीकर्ताले भर्खरै मात्र आन्दोलन रोकेका छन् भने अहिले उद्योगी व्यवसायी आन्दोलनमा छन्,’ उनले भने, ‘आर्थिक विकासमा योगदान पुर्याउने महत्वपूर्ण उद्योगहरु कतिपय बन्द अवस्थामा छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन् अब हामीले ती समस्याहरु कसरी समाधान गर्ने ?’

अहिले मुलुक महंगीको मारमा परेको भन्दै उक्त महंगीले किसान, मध्ययमवर्गीय परिवार, मजदूर, शिक्षक, कर्मचारीलको भान्छा बन्द हुने अवस्थामा पुगेको समेत उनको भनाई थियो । अहिलेको गठबन्धन सरकारले विषम परिस्थितीमा पनि संवेशनशिल विषयमा ध्यान नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL