Logo

नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने एडिबीको प्रक्षेपण, औद्योगिक उत्पादन बढ्ने अनुमान

नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशतमा सिमित हुने एडिबीको प्रक्षेपण, औद्योगिक उत्पादन बढ्ने अनुमान



काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । आफ्नो प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै बैंकले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो ।

laxmi

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो ।

पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३ दशमलव ६ प्रतिशतमा सीमित रहने आँकलन गरिएको थियो । जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL