काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ । स्थानीयबासिले विभिन्न माग राख्दै विगत एक हप्तादेखि काम अघि बढाउन नदिएपछि उक्त आयोजनाको काम ठप्प भएको हो । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् ।…