काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मंचको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका हुन् । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन,…