Logo

जगदम्बा स्टील्सले जस्तापाता उत्पादन गर्ने, सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

जगदम्बा स्टील्सले जस्तापाता उत्पादन गर्ने, सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन



काठमाडौं । जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् ।

laxmi

उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सिआरएम मिल को जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट एवं कलर कोटिङ्घ उत्पादन प्रविधि विज्ञ प्रभात मिश्राद्वारा गरिएको हो ।

जगदम्बा स्टील्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो । जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।

नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाइन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL