काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष १८ पृष्ठ लामो स्पष्टिकरण पेश गरेका छन्। गत हप्ता बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । जसमा उनलाई विभिन्न आरोपहरु लगाईएका थिए । उनले यसबारे आफ्नो धारणा प्रस्तुत गरेका…