Logo

अनुदानको तेल बोकेर फर्किए ३ ट्यांकर, रसुवागढीमा भन्सार जाँचपास गरिदै

अनुदानको तेल बोकेर फर्किए ३ ट्यांकर, रसुवागढीमा भन्सार जाँचपास गरिदै


बिजखबर संवाददाता
27
Shares

चीनले अनुदानमा दिएको पेट्रोल बोकेका ट्याङ्करहरु आइतबार काठमाडौं फर्कदैछन् । नेपाल आयल निगमका ३ ओटा ट्यांकर अनुदानको २८ हजार लिटर पेट्रोल बोकेर फर्किएका हुन् । ट्याङ्कर भन्सार प्रक्रिया बाँकी रहेकाले अहिले रसुवागढीमा नै रोकिएको बताइएको छ ।

भन्सारमा राजस्व बुझाएपछि ट्यांकरहरु काठमाडौं आउने आयल निगमका एक अधिकारीले जानकारी दिए । नेपाल आयल निगमका उपनिर्देशक दीपक बराललगायतका टोलि राजस्व दाखिलाका लागि रसुवागढी भन्सार कार्यालय पुगेको बताइएको छ ।

भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थ अभाव भएसंगै चीनले अनुदानमा तेल दिने घोषणा गरेको थियो । साथै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने औपचारिक प्रक्रिया शुरू गरेको छ । गत बुधवार नेपालले चीनसँग पेट्रोलियम पदार्थ व्यापारका लागि समझदारी गरेको हो । चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नेपाली ट्याङ्कर केरुङतर्फ लागेसँगै भारतले पनि साविकका भन्दा धेरै परिमाणमा इन्धन पठाउन शुरू गरेको छ ।

शुक्रवार मात्रै भारतीय नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २ सय ३८ ट्याङ्कर नेपाल भित्रिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL