Logo

भुकम्प प्रतिरोधात्मक ईट्टा भट्टा प्रविधि सार्वजनिक, कोइलाको खपत कम गर्ने

भुकम्प प्रतिरोधात्मक ईट्टा भट्टा प्रविधि सार्वजनिक, कोइलाको खपत कम गर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
१४ असोज,काठमाडौं । भुकम्प प्रतिरोधात्मक ‘जिगज्याग इट्टा भट्टा ’प्रविधिको सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमबीच उद्योग मन्त्री महेश बस्नेतले सो प्रविधि सार्वजनिक गरेका हुन् । स्थानीय इट्टा विज्ञ तथा उद्यमी,इन्जिनियर,बैज्ञानिक र विदेशी विज्ञहरु ले  सो प्रविधि तयार गरिएको हो ।

सो अवसरमा मन्त्री बस्नेतले आधुनिक प्रविधिको सो डिजाइनबाट आफु प्रभावित भएको बताए । साथै उद्योग मन्त्रालयले यस्ता वातावरणमैत्री प्रविधिलाई प्राथमिकता दिने जानकारी दिए । प्रविधिको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) नेपाल ईट्टा उद्योग महासंघ र मीनर्जी प्रालीको संयुक्त रुपमा विकास गरेको बताइएको छ । सो प्रविधि सार्वजनिक गरेको हो ।

klins

 

कार्यक्रममा इसिमोडका महानिर्देशक डेभिड मोलडेनले सो प्रविधिबाट कोइलाको खपत ३० प्रतिशत कम गर्ने बताए । साथै यसबाट वातावरणम पनि स्वच्छ रहने दावी गरे ।

 

कार्यक्रममा वातावरणमैत्री ईट्टा उद्योग पुर्ननिर्माणका लागि प्राविधिक डिजाइन पुस्तिका सार्वजनिक गरिएको छ । सो पुस्तक एशियामै पहिलो नमुना भएको बताइएको छ । पुस्तक विमोचन गर्दै महोश बस्नेतले नेपालका ईट्टा भट्टाहरुमा आधुनिक प्रविधि अपनाएर तयार गरिएको पुस्तले आधुनिकिकरणगर्न सहयोग गर्ने बताए ।

सो अवसरमा नेपल इट्टा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र चित्रकारले दक्षिण् एसियामै पहिलो पटक यस्तो पुस्तक प्रकाशित भएकोमा खुशी व्यक्त गरे । साथै सवै उद्योगीहरुलाई सो पुस्तक अनुसार भट्टा निर्माण गर्न सल्लाह दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL