Logo

अध्यक्ष पदमा मुरारकाको उमेद्धारी घोषणा, असार १८ गते निर्वाचन हुँदै

अध्यक्ष पदमा मुरारकाको उमेद्धारी घोषणा, असार १८ गते निर्वाचन हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ असार,काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले उम्मेद्वारी घोषणा गरेका छन् ।

भ्रष्टाचार मुद्धा लागेर अध्यक्ष प्रदीपजंग पाण्डे जेलपरेपछी उनी कार्यबाहक अध्यक्षको पदमा थिए । महासंघको बाँकी कार्यकालको लागि मुरारकाले उम्मेद्वारीको घोषणा गरेका हुन् ।

त्यस्तै महासंघको भावी कार्यकालको लागि  भाष्करराज राजकर्णिकार र भवानी राणाले दावेदारी प्रस्तुत गरेका छन् ।

राजकर्णिकार भष्ट्राचार मुद्धा लागेर हटाइएका प्रदीपजंग पाण्डेसँग पराजित भएका थिए ।

त्यस्तै  राणा बरिष्ठ उपाध्यक्षमा मुरारकासँग पराजित भएकी थिइन् । राणा अहिले महासंघको कृषि उद्यम परिषद्की सभापति छन् । रिक्त अध्यक्ष पद पुरा गर्न यही असार १८ गते निर्वाचन हुदैछ ।

निर्वाचनमा नयाँ अध्यक्ष चयन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL