Logo

अरुण तेस्रो निर्माणका लागि सहमति, स्थानीयलाई सेयर र निशुल्क बिजुली

अरुण तेस्रो निर्माणका लागि सहमति, स्थानीयलाई सेयर र निशुल्क बिजुली


रामराजा श्रेष्ठ
0
Shares

अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतको सतलज जलविद्युत् निगमबीच आयोजना विकास संझौता(पिडिए) मा सहमति भएको छ । बोर्ड र सतलजबीच काठमाडौंमा दुई दिनसम्म भएको वार्ताले पिडिएमा सहमति जुटाएको हो ।

सतजल स्थानीय वासिन्दालाई सेयर र निशुल्क विद्युत् दिन सहमत भएको छ । स्थानीय वासिन्दालाई ५ देखि ६ प्रतिसतसम्म कम्पनीको सेयर दिइने भएको छ भने आयोजना प्रभावित बासिन्दालाई प्रतिमहिना २ युनिट विजुली निशुल्क दिनइने भएको छ । उनीहरुलाई उक्त बिजुली २५ बर्षसम्म निशुल्क दिइनेछ ।
यो आयोजनाको लागत लागत एक खर्ब १५ अर्ब भन्दा बढी हुने अनुमान गरिएको छ । संखुवासभा जिल्लामा निर्माण हुने आयोजनाबाट नौं सय मेगावाट विजुली उत्पादन हुनेछ । उक्त आयोजनाबाट उत्पादित विजुली भारमा निर्यात हुनेछ । यसअघि पीडीए भएको माथिल्लो कर्णालीबाट उत्पादित बिजुली पनि भारतीय बजारमै निर्यात हुनेछ । हाल सहमित भएको पीडीएको मस्यौदामा हस्ताक्षर भने आगामी मंसिरमा काठमाडौंमा हुने सार्क सम्मेलनमा हस्ताक्षर गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL