Logo

माथिल्लो ताकोसीलाई निगमले ६ हजार लिटर तेल दिने, निर्माण कार्य शुरु गरिदै

माथिल्लो ताकोसीलाई निगमले ६ हजार लिटर तेल दिने, निर्माण कार्य शुरु गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पपछि निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण शुरु हुने भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सो आयोजना शुरु हुन लागेको हो । सो आयोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

सरकारले सो आयोजना सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण अब आयोजना सन् २०१७ को डिसेम्बरमा मात्रै सम्पन्न हुने भएको छ ।

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको आग्रहमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन आयोजनालाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो । निगमले मंगलवार आयोजनालाई ६ हजार लिटर इन्धन उपलब्ध गराउने भएको छ ।

आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले चिनियाँ प्राविधिक समूहले प्राविधिक काम शुरु गरिसकेको र अरु काम पनि शुरु हुने बताए । विद्युत् गृहदेखि बाँधस्थलसम्म पुग्ने सडकलाई मर्मत सम्भार गरिनेछ ।

भूकम्पले पारेको प्रभावको अध्ययन हुँदै भूकम्पका कारण आयोजनामा परेको प्रभावका विषयमा प्राविधिक अध्ययन भइरहेको आयोजनाले बताएको छ । भूकम्पले करीब १७ सेन्टिमिटर इन्टेक भाँसिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL