Logo

पेट्रोलियम आयातको जिम्मा विराट पेट्रोलियमलाई, सिलगुडीबाट आयात गरिने

पेट्रोलियम आयातको जिम्मा विराट पेट्रोलियमलाई, सिलगुडीबाट आयात गरिने


बिजखबर संवाददाता
0
Shares

सरकारले पेट्रोलियम आयातको जिम्मा विराट पेट्रोलियमलाई दिएको छ । नेपाल आयाल निगमले तत्कालका लागि सिमित पेट्रोलियम आयातको जिम्मा विराटलाई दिएको हो ।

केही समय अघि निगमले तत्ताको संकट समाधान गर्नका लागि भन्दै विश्वव्यापी आशय पत्र माग गरको थियो । जसमा स्वदेशी र विदेशी गरी विभिन्न २२ कम्पनीले आवेदन दिएका थिए । सोमध्येमा विराटलाई जिम्मा दिइएको निगमले जानकारी दिएको छ ।

कम्पनीले भारतको सिलगुडीबाट पेट्रोलियम आयात गर्ने भएको छ । उक्त पेट्रोलियमको मुल्य साविकको भन्दा महङ्गो पर्नेछ ।

निगमले १५ दिनका लागि पुग्ने पेट्रोलियम व्यवस्था गर्न सक्ने गरी आशयपत्र माग गरेको थियो । जस अनुसार प्रतिदिन करिब २ सय केएल डिजेल, पेट्रोल करिब १ सय केएल, हवाई इन्धन र मट्टितेल करिब २ सय केएल र एलपी ग्याँस करिब १ सयमेट्रिक टन परिणाम बराबर उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL