केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा, यस्तो छ मूल्य


बिजखबर संवाददाता
21 January, 2021 3:46 pm

Kent_new_models

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्थाले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आरओ मोडेल नेपाली बजारमा ल्याएको छ । स्वछ पिउने पानी अब सबैको जरुरी बन्दै गएको छ ।

FoneLoan-250x250
yamaha
bajaj

केन्ट सुप्रीम लाइट

केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आरओ टेक्नोलोजी र टीडीएस नियन्त्रकको साथ छ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ ।

यसमा भएको आरओ युएफ टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १०० प्रतिशत शुद्ध र पिउन योग्य बनाउँदछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ ।

केन्ट सुप्रीम लाइट पूर्ण स्वचालित स्वतः अन र अफ (बन्द) कार्यक्षमताको साथ आउँदछ । शुद्धीकरण स्वचालित रूपमा बन्द हुन्छ जब भण्डारण ट्याङ्की भरिन्छ र पुनः सुरु हुन्छ जब पानीको स्तर अधिकतम भन्दा तल खस्दछ । केन्ट सुप्रीम लाइटको बजारको मूल्य रू २१,९९० रहेको छ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन

केन्ट ग्रान्ड प्लस अल्कलाइनले १०० प्रतिशत शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आरओ टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।

केन्टको उत्कृष्ट अल्कलाइन आरओ प्यूरीफायरले तपाईंको पानीको पीएच स्तर कायम राख्दछ । यसले पानीको पी।एच। स्तर ८.० देखि ९.० को बीचमा समायोजन गरेर पानीलाई क्षारीय बनाउँदछ ।

केन्ट ग्रान्ड प्लस अल्कलाइन इन–ट्याङ्क युभी कीटाणुशोधन सुविधाको साथ सुसज्जित छ । भण्डारण ट्याङ्कीमा यु।भी। एल।ई।डी।ले लामो समयको लागि पानी शुद्ध राख्दछ । केन्ट ग्रान्ड प्लस अल्कलाइनको बजारको मूल्य रू २९,९९० रहेको छ ।

केन्ट आरओ प्युरिफायरहरूलाई डब्लुक्युएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, ९संयुक्त राज्य अमेरिका०बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ ।

केन्टका पानी प्रशोधक ९प्युरिफायर० अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

Connect_IPS