GBIME

‘बजाज डोमिनार-२५०’ खरिदकर्तालाई उपहार, साँचोसँगै राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण


बिजखबर संवाददाता
17 January, 2021 12:16 pm

bajaj dominar

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ।

NLIC
LAXMI

यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिफ्ट ह्याम्पर हस्तान्तरण गरेका थिए।

साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनि जानकारी दिइयो। डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुक ग्राहकहरुले अनलाइन फर्म भरी टेकुको बजाज शोरुममा बुझाउनुपर्नेछ।

लक्की ड्रबाट छानिएका महानुभावहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL