Logo

फुडमाण्डूको सेवा अब पोखरामा पनि, ३० प्रतिशत छुटको अफर

फुडमाण्डूको सेवा अब पोखरामा पनि, ३० प्रतिशत छुटको अफर



काठमाडौं । नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा बिस्तार गरेको छ । फुडमाण्डूले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो ।

कम्पनीले २०७७ पुष २३ गते पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा बिस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको छ ।

कम्पनीका सेल्स एण्ड माकेटिंग चिफ श्यामरत्न मालीले पोखराबाट सेवा बिस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको पहिलो फुड अनलाइन डेलिफरी प्लेटफर्मले पोखराबासीहरुलाई सेवा गर्नका लागि हाल ३० वटा भन्दा बढी स्थानिय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । क्रमबढरुपमा यो संख्या बढाउदै लैजाने मालीले बताए ।

कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा बिस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए ।

‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य लिएका थियौं, तर कोभिड १९ को कारणले गर्दा हाम्रोलागि अन्य योजनाहरु गर्नुपर्यो । हामीलाई यसले निकै आधात पार्यो र हामीले आफ्नो ध्यान नै अन्य प्रमुख विषयमा केन्द्रित गर्नुपर्यो । हामी पोखरामा सेवा बिस्तार गर्न पाउँदा निकै उत्साहित भएका छौं र हाम्रो अनुभव पोखरेलीहरुसँग काठमाडौंका ग्राहकहरुलाई प्रदान गरेको जस्तै उच्चस्तरको सेवा प्रदान गर्नेछौं’, संस्थापक अधिकारीले भने ।

उनले स्थानियबासीहरुका साथै नेपालको प्रमुख पर्यटकिय शहर भएको कारण पर्यटकहरुले समेत फुडमाण्डूमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराहरुको आनन्द उठाउन सक्ने बताए ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार बिस्तार गर्न सहज हुने बताए । उनले यसले गर्दा ग्राहकहरुले घरमा नै बसेर खानेकुराको आनन्द लिनसक्ने हुँदा त्यसले गुणस्तरीय सेवा दिन समेत प्रतिस्पर्धा हुने अपेक्षा व्यक्त गरे ।

पोखरामा सेवा बिस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा रु ३०० सम्मको छुट घोषणा गरेको छ । 

कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा बिस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा बिस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL