Logo

अमेरिकन ब्राण्ड ब्ल्याक प्लस डेकरका सामग्रीको बिक्री वितरण शुरु, चौधरी ग्रुप आधिकारिक वितरक

अमेरिकन ब्राण्ड ब्ल्याक प्लस डेकरका सामग्रीको बिक्री वितरण शुरु, चौधरी ग्रुप आधिकारिक वितरक



काठमाडौं । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ । विभिन्न १ सय १२ देश र ७६ ब्राण्डका साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचय बनाउन सफल चौधरी ग्रुपले विभिन्न टप ब्राण्डहरुको सहकार्य गर्दै आइरहेको छ ।

laxmi

ब्ल्याकंडेकर ृद्यबिअपंम्भअपभचे एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड र सि।जी।को सि।जी।इम्पेक्स कम्पनीले सहकार्य र साझेदारीमा सिजी डिजिटल पार्क, काठमाडौंबाट मिडियाकर्मी र सिजी इम्पेक्सका डिलर र डिस्ट्रिब्युटरमार्फत अनलाइन प्रविधिबाट प्रेस कन्फेरेन्स आयोजना गरी आधिकारीक घोषणा गरिएको छ ।

भर्चुवल प्रविधिमाध्यमबाट भएको प्रेस कन्फेरेन्समा सि।जी इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारीको उपस्थितिका साथै ब्ल्याकंडेकर, इन्डियाबाट निलान्जन भट्टचार्य ९निर्देशक, साउथ एसिया० र अमित राटौरी ९प्रमुख इक्सपर्ट०ले पनि भर्चुवल माध्यमबाटै सि।जी। इम्पेक्स र ब्ल्याकंडेकर कम्पनी बीचको साझेदारीका बारेमा छलफल भएको थियो ।

अबको नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स र बींडीका घरायसी सामाग्रीको बिक्री वितरण गर्ने छ । स्टिम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डवीच मेकर, हिटर, माइक्रोवेभ ओभन, ओटीजी जस्ता विभिन्न घरायसी सामाग्री रहेको बींडी ब्राण्ड बहुराष्ट्रिय अमेरिकन ब्राण्ड विश्वभरी नै ग्राहकहरुको उच्च रोजाइमा पर्न सफल रहेको छ । नेपालमा पनि सबैले रुचाउने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL