Logo

इप्पानमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा कृष्णप्रसाद आचार्य

इप्पानमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा कृष्णप्रसाद आचार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । इप्पानको आज भएको भेलाले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

laxmi

उक्त भेलाले कृष्णप्रसाद आचार्यलाई अध्यक्षमा चयन गरेको छ । यसैगरी उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र मोहन कुमार डाँगी चुनिएका छन् ।

यस्तै महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत बहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् भने कोषाध्यक्षमा आनन्द चौधरी चयन भउका छन् ।

यसैगरी भेलाले इप्पानको सदस्यहरुमा भरतकुमार खड्का, उत्तम ब्लोन, प्रकाश दुलाल, भरत लामिछाने चुनिएका छन् । त्यस्तै महिला सदस्यमा कविता पोखरेल र अविज्ञा मल्ल चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL