Logo

सजिलो मेडसको ‘अनलाइन फर्मा सबैको घर घरमा’ सञ्चालनमा

सजिलो मेडसको ‘अनलाइन फर्मा सबैको घर घरमा’ सञ्चालनमा



काठमाडौं । अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले श्रावण १३ गतेबाट काठमाण्डौमा आफ्नो कार्य संचालन गर्न गइरहेको छ। विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको सजिलो मेडसले जनाएको छ ।

laxmi

पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाण्डौ भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ ।

यो सबै कार्य मैतिदेवीस्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम रहेको छ। कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई रहेकको छ।

बैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्‍याउने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको कम्पनीले जनाएको छ ।

विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाण्डौका प्रतिष्ठित डाक्टर , औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्‍याउन सकिने सञ्चालकहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL