Logo

सोमबार अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर–२०२० हुँदै, अल्फाबिटाको आयोजना

सोमबार अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर–२०२० हुँदै, अल्फाबिटाको आयोजना



काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उद्देश्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर– २०२०’ आयोजना गर्ने भएको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिनसक्ने गरी अल्फाबिटाले सोमबार भर्चुअल फेयर गर्न लागेको हो ।

laxmi

फेयरमा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयसहित ६ वटा शैक्षिक संस्था सहभागी हुने अल्फाबिटा इन्ष्टिच्युटले जनाएको छ । फेयरमा मक्वारी युनिभर्सिटी, दी युनिभर्सिटी अफ न्यू क्यासल्, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, चाल्र्स डार्विन युनिभर्सिटीका आधिकारिक प्रतिनिधिबाट विद्यार्थीले कोभिड—१९ पछिको शैक्षिक अवस्था, छात्रबृत्ति, कोभिड–१९ कै अवस्थामा अनलाइन कक्षा तथा त्यसपछिको अध्ययनको अवस्थाको विषयमा जानकारी लिन सक्नेछन् ।

त्यसैगरी फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारिक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सक्नेछन् । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन । फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदूत पिटर बड, आइइएलटिएस, पिटिइका प्रतिनिधि, बैंकलगाएतका प्रतिनिधिको सहभागिता हुँदैछ ।

यसमा विद्यार्थीहरूले कोभिड–१९ पछिको अष्ट्रेलियाको शैक्षिक अवस्था, प्रक्रिया र अन्य विषयमा समेत प्रत्यक्ष जानकारी पाइने जनाइएको छ । पहिलो तहको कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

विद्यार्थीहरू अल्फाबिटासंगको लिंकमा आइसकेपछि उनीहरूले चाहेको शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिसँग एक–एक गरी परामर्श लिन अनलाइन प्लेटफर्ममा छुट्टै भर्चुअल रुमको ब्यवस्था गरेको छ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिने अल्फाबिटा गु्रपका अध्यक्ष द्धिराज शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL