Logo

कलकत्ताका महावाणिज्य दूतसँग व्यापार सहजीकरणमा सहयोग पुर्याउन एफएनसीसीआईको आग्रह

कलकत्ताका महावाणिज्य दूतसँग व्यापार सहजीकरणमा सहयोग पुर्याउन एफएनसीसीआईको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघका महानिर्देशक धरणीधर खतिवडाको सहभागिता थियो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानुअघि महासंघका पदाधिकारी र नवनियुक्त नेपाली महावाणिज्यदूत बीच औपचारिक भेटवार्ता भएको हो ।

laxmi

भेटवार्तामा नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहरूको भारत निर्यातमा सहजीकरण, गैह्र भंसार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर सम्बन्ध विस्तार, आइसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तारलायतका विषयमा छलफल भएको थियो ।

यस्तै भेटघाटमा कन्टेनरको बिलम्व चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरण लगायतका विषयमा समेत छलफल हुनुका साथै यी विषयहरूमा महावाणिज्यदूतबाट सक्दो सहयोगको अपेक्षा महासंघका तर्फबाट सो अवसरमा गरिएको थियो ।

सो अवसरमा नवनियुक्त महावाणिज्यदूत पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने बताएका छन् । उनले छलफलमा बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीहरूले भोग्नु परेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने उल्लेख गरे । उनले नेपाली निजी क्षेत्रसंग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL