Logo

ईसेवा मनी ट्रान्सफर र रेमिटली यूएसएबीच सम्झौता, डिजिटल रेमिट्यान्सको सहज सेवा उपलब्ध हुने

ईसेवा मनी ट्रान्सफर र रेमिटली यूएसएबीच सम्झौता, डिजिटल रेमिट्यान्सको सहज सेवा उपलब्ध हुने



काठमाडौं । काठमाडौं । रेमिटली र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनी ट्रान्सफरमा पैसा पठाउन सक्नेछन् । साथै रेमिटलीबाट सिधै ईसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिने कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत् नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ ।

ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीका रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL