Logo

पञ्चकन्या स्टिलले ल्यायो ५५०एक्स.डी र ५०० एक्स.डी. नयाँ फलामे छड¸ उत्कृष्ट लचकता भएको दाबी

पञ्चकन्या स्टिलले ल्यायो ५५०एक्स.डी र ५०० एक्स.डी. नयाँ फलामे छड¸ उत्कृष्ट लचकता भएको दाबी



काठमाडौं । पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५०एक्स्.डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । पञ्चकन्या प्राईम स्टिलमा शुद्घ रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको कम्पनीले जनाएको छ ।

laxmi

जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त हुनेछ । जसरी ५०० डी मा हामीले ग्राहकलाई पूर्ण विश्वास दिलाएका थियौं त्यसैगरी यसको शक्तिमा पनि एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको दाबी कम्पनीले गरेको छ ।

नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको र यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ । पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने हुन्छ ।

उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिनेछ । एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्घि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने कम्पनीले जानकारी गराएको छ ।

सिल गर्न सफल भएको कम्पनको भनाइ छ । हाल कम्पनीले ३३ जिल्लामा १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL