Logo

शिवमलाई विदेशी लगानी ल्याउन स्वीकृति, सिमेन्ट उद्योगमा ३३ अर्ब लगानी भित्रदै

शिवमलाई विदेशी लगानी ल्याउन स्वीकृति, सिमेन्ट उद्योगमा ३३ अर्ब लगानी भित्रदै


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

१२ साउन, काठमाडौं । शिवम् सिमेन्टले चाईनाको हंसि ग्रूपबाट विदेशी लगानी ल्याउन अनुमति पाएको छ । लगानी बोर्डले शिवम्लाई विदेशी लगानी ल्याउन स्वीकृति दिएको हो । बोर्डको मंगलवार बसेको वैठकले शिवम्लाई चाईनाको हंसि ग्रूपबाट लगानी ल्याउन स्वीकृती दिएको हो ।

शिवम् सिमेन्ट प्रालि अन्तर्गतको शिवम् होल्डिङस् र हंसि ग्रूप अन्तर्गतको हंसि होल्डिङ्सले संयुक्त लगानीमा सिमेन्ट कम्पनी स्थापना हुने छ । कम्पनीको कुल स्थिर पँुजी ३३ अर्ब ९० करोड रुपैयाँ (३३ करोड ९० लाख अमेरिकी डलर) रहेको बोर्डले जनाएको छ । यसमध्ये ७० प्रतिशत हंसि ग्रूप र ३० प्रतिशत शिवम् सिमेन्टको हुने शिवम्का अध्यक्ष सुरेन्द्र गोल्यानले बताए । त्यस्ते, कम्पनीको चालु पूँजी २ अर्ब रुपैयाँ (२० मिलियन डलर) रहने छ ।

संयुक्त लगानीमा स्थापना हुने शिवम् हंसि होल्डिङ्सले चार वर्षभित्रै उद्योग सञ्चालनमा ल्याउने उनले बताए । उद्योगको जडित उत्पादन क्षमता दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट÷क्लिङ्कर हुने छ । उद्योगमा करीब २ हजार जानाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

शिवम र हंसिले करीब ५ महिनाअघि साझेदारीमा सिमेन्ट उद्योग स्थापना गर्न सम्झौता गरेका थिए । बोर्डको स्वीकृतिसँगै मुलुकमा ठूलो लगानी भित्रिने पक्का भएको गोल्यानले बताए । अब कम्पनी छिट्टै जग्गा खरीद गरेर उद्योग स्थापना शुरू गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL