Logo

श्री एयरलाइन्सले आजदेखि काठमाडौं–सिमरा उडान भर्ने, भाडा २८ सय रुपैयाँ

श्री एयरलाइन्सले आजदेखि काठमाडौं–सिमरा उडान भर्ने, भाडा २८ सय रुपैयाँ



काठमाडौं । श्री एयरलाइन्सले सोमबारदेखि काठमाडौं–सिमरा उडान शुरु गर्ने भएको छ । एयरलाइन्सले एक विज्ञप्ती जारी गर्दै उडान सुरू गर्ने जनाएको हो । तीन महिना अघि नै टेस्ट फ्लाइट गरिसकेको एयरलाइन्सले नयाँ गन्तव्य थप गरेको हो ।

श्रीले बिहान सवा ८ बजे काठमाडौंबाट उडान हुनेछ भने सिमराबाट बिहान ९ बजेर ५ मिनेटमा उडान गर्नेछ । साथै दिनको दोस्रो उडान दिउँसो ३ बजेर ४० मिनेटमा हुनेछ भने ४ बजेर ३० मिनेटमा सिमराबाट काठमाडौंका लागि उडान हुनेछ ।

कम्पनीका प्रबन्धक अनिल मानन्धरले काठमाडौं–सिमराका लागि शुरुवातमा प्रमोसनल शुल्क २ हजार ८ सय रुपैयाँ तोकिएको छ भने सिमरा–काठमाडौंका लागि २ हजार रुपैयाँ भाडा तोकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL