Logo

दुई रिफाईनरीमा ग्याँस आयात घटेपछि बजारमा ग्याँसको अभाव, सहज हुन अझै १५ दिन लाग्ने

दुई रिफाईनरीमा ग्याँस आयात घटेपछि बजारमा ग्याँसको अभाव, सहज हुन अझै १५ दिन लाग्ने



काठमाडौं । पछिल्ला केही दिनयता बजारमा ग्याँसको अभाव देखिएको छ । भारतबाट नेपालमा हुने ग्याँसको आयात घटेपछि नेपालमा ग्याँसको अभाव बढेको हो । पछिल्लो समय भारतबाट हुने ग्याँसको आयात घटिरहेको नेपाल एलपी ग्याँस व्यवसायी महासंघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

laxmi

आयात घटेपनि नेपालमा खपत बढेका कारण ग्याँसको अभाव बढेको भण्डारीले बताए । उनका अनुसार हल्दिया नाकाबाट लगातार १५ दिनसम्म ग्याँसको आयात भएन । हल्दिया नाकाको रिफाईनरी १५ दिनका लागि बन्द गरिएपछि सोही अनुसार त्यहाँ आयात हुने ग्याँस पनि बन्दै जस्तै भएको र त्यसको असर नेपाली ग्याँस बजारमा परेको हो ।

यस्तै यो समयमा बरौनी रिफाईनरीमा पनि कम मात्रामा ग्याँस आयात भएको छ । भारतमा ग्याँस रिफाईनरीमा कमै मात्रामा ग्याँस रिफाईन भएपनि नेपालमा कम ग्याँस पठाएको र सोहीअनुसार ग्याँसको अभाव भएको संघका अध्यक्ष भण्डारीले बिजखबरलाई जानकारी दिए ।

नेपालमा प्रतिमहिना ४५ देखि ५० हजार टन ग्याँसको खपत हुन्छ । जाडो महिनामा त झन खपत अझै बढ्छ । तर हाल नेपालमा भारतबाट प्रतिमहिना ४० हजार टन पनि ग्याँस आयात भएको छैन ।

पछिल्लो समय आयात कम र बजारमा ग्याँसको माग बढिरहेका कारण अझै १५ दिन ग्याँसको अभावको सामना गर्नुपर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार यसको बिषयमा नेपाल आयल निगमलगायत सरकारी पक्षले भारतीय आयल निगममासमेत यसको सामनाका लागि कुरा राखेका छैनन ।

प्रतिक्रिया दिनुहोस्
MBL