Logo

जगदम्बा सिमेन्ट गुणस्तर चिन्ह तथा आईएसओ प्रमाणित, ढुक्क भएर प्रयोग गर्न अनुरोध

जगदम्बा सिमेन्ट गुणस्तर चिन्ह तथा आईएसओ प्रमाणित, ढुक्क भएर प्रयोग गर्न अनुरोध



काठमाडौं । जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्सका उत्पादनहरु पि पि सि, ओ पि सि तथा पि एस सि सिमेन्टहरु नेपाल गुणस्तर चिन्ह तथा ISO 9001 M 2008 बाट समेत प्रमाणित भएका छन ।

laxmi

कम्पनीका उत्पादनहरु आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भैतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएका कम्पनीले जानकारी दिएको छ । साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार तिन पटक लेटर अफ एप्रिसिएसनद्वारा सम्मानित भईसकेको छ ।

हाल केही संचार माध्यम एवं सामाजिक सञ्जालहरु मार्फत विभिन्न भ्रमपूर्ण र कपोकल्पित लेख आएको प्रति कम्पनीले ध्यानाकर्षण गरेको छ । कम्पनीले आफ्ना उत्पादनहरु सदैव गुणस्तरीय रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कम्पनीले उद्योगसँग आबद्ध विक्रेता, डिलर, खरिदकर्ता तथा उपभोक्तहरुलाई उद्योगको उत्पादनहरुको गुणस्तरप्रति विश्वस्त हुन आग्रह गर्दै निर्धक्क रुपमा प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL